Comments Add Comment

अमेरिकामा नौ खर्ब डलरको राहत प्याकेजमा सहमति

६ पुस, काठमाडौं । अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को महामारीबाट राहतका लागि नौ खर्ब अमेरिकी डलर बराबरको राहत प्याकेजका लागि संसदीय नेताहरु सहमत भएका छन् ।

यसअघि गत मार्चमा महामारीबाट समस्यामा परेको अर्थतन्त्र तथा मानिसहरुलाई राहत प्रदान गर्न अमेरिकाले २३ खर्ब डलरको राहत प्याकेज ल्याएको थियो । अहिले ल्याउन लागिएको नौ खर्ब डलरको राहत अमेरिकाको इतिहासमा दोस्रो सबैभन्दा ठूलो राहत प्याकेज हो ।

दैनिक दुई लाख १४ हजारभन्दा धेरै मानिस एकैदिन कोरोनाबाट संक्रमित बनेसँगै अमेरिकाले राहत प्याकेज अघि ल्याउने निर्णय गरेको हो । अमेरिकामा कोरोना संक्रमणको कारण अहिलेसम्म तीन लाख १७ हजा।भन्दा धेरैको मृत्यु भइसकेको छ । रिपब्लिकन र डेमोक्रेटिक पार्टीका सांसदहरुले दुवै सदनमा यो राहत प्याकेज पारित हुने बताएका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि यो प्याकेजलाई समर्थन गरेका छन् । उनले यो कानुनमा पनि हस्ताक्षर गर्ने ह्वाइट हाउसका प्रवक्ता बेन विलियम्सनले बताए । अहिले ल्याइएको प्याकेजबाट मानिसहरुलाई प्रत्यक्षरुपमा ६ सय डलर राहत दिइनेछ ।

रोजगारी नभएकाहरुलाई साताको तीनसय डलर प्रदान गरिनेछ । त्यसका साथै साना व्यवसाय, खाद्य सहयोग, खोप वितरण र स्वास्थ्यस्याहारको लागि पनि यो प्याकेजको प्रयोग गरिनेछ । अमेरिकी सांसदहरुले यसअघि केन्द्रीय बैंकसँग यसअघि देखिएको विवाद पनि अहिले समाधान भएको बताएका छन् ।

स्रोत : एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment