+
+
Shares

सुनको भाउ तोलामा नौ सयले बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १२:४५

६ पुस, काठमाडौं । शुक्रबार र आइतबार स्थिर रहेको सुनको भाउ सोमबार तोलामै नौ सय रुपैयाँले बढेको छ । आइतबारसम्म ९४ हजार तीन सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको प्रतितेला भाउ सोमबार ९५ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले तेजाबी सुनको भाउ ९७ हजार सात सय तोकेको छ । यस्तै चाँदीको भाउ प्रतितोलामा ४० रुपैयाँले बढेको छ ।

शुक्रबारदेखि १२ सय ८० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ सोमबार प्रतितोला १३ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

बिहेको लगन सकिएको र पुसमा शुभ लगन नहुने भएकाले सुनको कारबारमा ह्रास आएको व्यवसायीहरुले बताएका छन् ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?