+
+
Shares

निर्माणाधीन भवनको पाँचौं तलाबाट खसेर महिलाको मृत्यु  

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते १३:५५

६ पुस, काठमाडौं । चुच्चेपाटीस्थित स्तूपा अस्पतालको निर्माणाधीन भवनको पाँचौं तलाबाट खसेर एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिन्धुली घर भई सोही भवनमा ज्यामी काम गर्ने अन्दाजी ३५ वर्षीया निरुता तामाङ रहेको प्रहरीले जनाएको छ ।

निर्माणाधीन भवनको बाहिरी भागमा प्लास्टर गर्ने क्रममा आफूले टेकेको रड खुस्किएर भुइँमा पछारिएपछि चाबहिलस्थित मेडिकेयर अस्पतालमा लगिएको थियो । अस्पतालले मृत घोषणा गरिसकेको महानगरीय प्रहरीवृत्त बौद्धका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताए । मृतकका आफन्तको पहिचान गरी सम्पर्क गर्ने काम भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?