Comments Add Comment

कलैयामा आगो ताप्ने क्रममा जलेर वृद्धाको मृत्यु

६ पुस, वीरगञ्ज । बाराको कलैयामा आगो ताप्ने क्रममा जलेर एक वृद्धाको मृत्यु भएको छ । कलैया उपमहानगरपालिका-३ गंगापुर बस्ने ७५ वर्षीया रामसवारी देवी कानुको मृत्यु भएको हो ।

चिसोबाट जोगिनका लागि बालिएको आगोमा अचानक लड्न पुग्दा उनी गम्भीर घाइते भएकी थिइन् । उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment