+
+
Shares

चिनियाँ विज्ञ भन्छन् : नेपाल राजनीतिक अस्थिरता र अनिश्चयतर्फ जाँदैछ

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ६ गते २१:०७

६ पुस, काठमाडौं । प्रतिनिधिसभा भंग गर्ने र मध्यावधि निर्वाचनका जाने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमबारे अहिलेसम्म उत्तरी छिमेकी चीनले कुनै औपचारिक प्रतिक्रिया दिएको छन ।

तर नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे चीन सरकारको आधिकारिक मुखपत्र ग्लोवल टाइम्समा एक विज्ञले लेख लेखेका छन् र नेपाल राजनीतिक अस्थिरता र अनिश्चयको बाटोमा जान लागेको टिप्पणी गरेका छन् ।

छेङदु इन्स्टिच्युट अफ वर्ल्ड अफेयर्सका अध्यक्ष लोगं छिगंचुनले ग्लोवल टाइम्समा लामो लेख प्रकाशित गर्दै भएका छन्, ‘ओली र दाहालले नेतृत्व गरेको समूह दुई कम्युनिष्ट पार्टीमा विभाजन हुनसक्छ । यो मुलुकको राजनीतिक भविश्य र कम्युनिष्ट पार्टीका लागि प्रतिकुल हुन जान्छ ।’

संसद भंग गर्ने निर्णयले देशमा ठूलो अशान्ति सिर्जना गर्ने उल्लेख गदै निर्वाचन सन् २०२१ मा भएपनि नतिजा एकदमै अनिश्चित हुने उल्लेख गरेका छन् । उनले आगामी निर्वाचनमा कुनै पनि राजनीतिक दलले संसदमा आधा सिट ल्याउन नसक्ने प्रक्षेपण समेत गरेका छन् । उनले अगाडि भनेका छन्, ‘नेपालमा पहिला जस्तै गठबन्धनको सरकार निर्माण हुनेछ, जसका कारण सरकार परिवर्तनहरु भइरहनसक्छ ।’

उनले नेपालमा कुन पार्टीको सरकार आउनुपर्छ भन्नेमा चीनको कुनै छनौट नरहेको तर नेपालमा स्थीर सरकारको पक्षमा रहेको उल्लेख गरेका छन् । स्थीर सरकार भएमा नेपाल र चीन सम्बन्ध पनि अगाडि बढ्ने भन्दै उनले लेखेका छन्, ‘चीन नेपालमा स्थीर सरकार होस्, बारम्बार परिवर्तन नहोस र सबैले फाइदा लिन सकुन भन्ने चाहन्छ ।’

नेपालका कुनै पनि दललाई चीनले कुनै पनि प्रकारको दबाब नदिएको, सहयोग नगरेको र कुनै कुरामा बाध्य नपारेको उनको दाबी छ । उनले भनेका छन्, ‘नेपालका राजनीतिक नेताहरुले चीनसँगको सहकार्यको महत्वलाई राम्रोसँग बुझेका छन् ।’

 

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?