
७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरु मणि थापा र टोपबहादुर रायमाझी प्रधानमन्त्री केपी शर्मा ओलीतिर लागेका छन् । थापा र रायमाझी पूर्वमाओवादी हुन् ।
अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अलग–अलग केन्द्रीय कमिटी बैठक बोलाएपछि नेताहरु दुई खेमामा बिभाजित भएका छन् ।
पूर्व माओवादी पृष्ठभूमिका लेखराज भट्ट यसअघि नै ओलीतिर लागेका छन् । उनी प्रधानमन्त्री ओलीले सोमबार बोलाएको सांसदहरुको भेलामा मञ्चमै थिए ।
सांसदहरुको भेलामा नदेखिएका रायमाझीसँगै स्थायी कमिटी सदस्य मणि थापा भने केन्द्रीय कमिटी बैठकका लागि बालुवाटार पुगेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4