Comments Add Comment

ओलीले घोषणा गरे ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति

७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ११९९ जनाको केन्द्रीय महाधिवेशन आयोजक कमिटी घोषणा गरेका छन् । आफू निकट केन्द्रीय सदस्यहरुको मंगलबार बसेको बैठकमा ओलीले महाधिवेशन आयोजक कमिटी घोषणा गरेका हुन् ।

नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पार्टीको प्रथम अध्यक्षका हैसियतले ओलीले केन्द्रीय कमिटीमा ५५६ जना थप गर्ने गरी सोमबार नै मनोनयन गरेका थिए ।

उक्त नामावली अनुमोदन गर्न मंगलबारको बैठकमा प्रस्ताव गरेका थिए । बैठकले ओलीको उक्त प्रस्ताव अनुमोदन गरेको पनि थापाले बताएका छन् ।

उनका अनुसार महाधिवेशन आयोजक समिति कुल ११९९ सदस्यीय हुनेछ । जसमा वर्तमान केन्द्रीय कमिटीका ४४७ जना, मनोनित गरिएका ५५६ जना रहेका छन् । त्यसमा रिक्त १९६ जना पछि थप गर्ने थापाले बताए ।

ओली निकट केन्द्रीय सदस्यहरुको बैठकले हालै विघटित प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरु स्‍वत: महाधिवेशन आयोजक समिति सदस्य रहनेछन् । थप गरिएका महाधिवेशन आयोजक कमिटीका सदस्यलाई ओलीले मंगलबार नै बालुवाटारमा सपथ गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment