Comments Add Comment

वामदेव निवास पुगे माधव, झलनाथ र नारायणकाजी 

७ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई भेट्न बरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ भैसेपाटी गएका छन् ।

गौतम र नेपाल, खनाल र श्रेष्ठबीच छलफल भएको गौतमका सहयोगी विश्वमणि सुवेदीले बताए ।

विभाजनतर्फ उन्मुख नेकपाको कुनै पनि भेलामा नजाने अडान गौतमले लिएका छन् । यसअघि भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितको समूहमा थिए । गौतमले प्रधानमन्त्री ओलीको कदमको विरोध गरेका छन् ।

तर, गुटभेलामा भने सहभागी नहुने अडान लिएका छन् । कतै पनि सहभागी नभएका अर्का नेता रामबहादुर थापा बादललाई भेट्न मंगलबार बिहान प्रचण्ड पुल्चोक पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment