Comments Add Comment

पुल्चोक आएर बादललाई भेटे प्रचण्डले

७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोक पुगेर गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेटेका छन् ।

संसद विघटन र मध्यावधि निर्वाचनको घोषणापछि ओली र प्रचण्डले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बोलाएका बेला दाहालले मंगलबार बिहान बादललाई भेटेका हुन् । भेटमा प्रचण्डले आफूलाई साथ दिन भनेका छन् ।

बादलले भने हालसम्म कुन पक्षलाई साथ दिने भन्ने टुंगो लगाइसकेका छैनन् । बादल सोमबार राति प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।

बादल निकट स्रोतका अनुसार दुवै पक्षसँग छलफल जारी राखिए पनि के गर्ने टुंगो लागिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment