Comments Add Comment

दक्षिण एसिया स्तरीय बाल सहभागीतासम्बन्धी सम्मेलन सम्पन्न

७ पुस, काठमाडौं । दक्षिण एसिया स्तरीय बाल सहभागीतासम्बन्धी सम्मेलन सम्पन्न भएको छ । बाल अधिकार सम्बन्धी महासन्धी १९८९ को ३१ वर्ष पूरा भएको अवसरमा आयोजित सम्मेलन मंगलबार सम्पन्न भएको हो ।

महासन्धीको ३१ वर्ष पूरा भएको अवसरमा साइभाक, राष्ट्रिय कार्य कार्यन्वयन समूह (एनएसीजी) नेपाल तथा कन्सोर्टियम नेपालको संयुक्त आयोजनामा दक्षिण एसिया स्तरीय बाल सहभागीता सम्बन्धी सम्मेलन आयोजना गरिएको थियो ।

बाल अधिकार सम्बन्धी ५४ वटा धारा भएको उक्त महासन्धी नेपालले सन् १९९० मा अनुमोदन गरेको थियो । मंगलबार आयोजित भर्चुअल कार्यक्रममा साइभाकका महानिर्देशक डा. रिन्चेन छोपेलले यस किसिमको सम्मेलनले आगामी दिनहरुमा पनि निरन्तरता पाउने बताए । कार्यक्रममा बाल अधिकारका विषयमा छलफल गर्ने, सिकाइ तथा अभ्यासहरुको बारेमा अनुभव आदान प्रदान गरिने प्रतिवद्धता उनले व्यक्त गरे ।

दक्षिण एसिया अन्तर्गत ५ वटा देशले सहभागिता जनाएको उक्त कार्यक्रममा सबै देशका बालबालिकाहरुले आ-आफ्नो प्रस्तुती राखेका थिए ।

साइभाक चाइल्ड गभर्निङ बोर्डकी सदस्य प्रेनुशा पाण्डेले सम्मेलनमा सहभागीहरुलाई सम्वोधन गर्दै कोभिड १९ को असरबाट नेपालका बालबालिका पनि अछुतो नरहेको र अझै बालबालिकाको समग्र विकासका निम्ति काम गर्नु पर्ने बताइन् ।

कार्यक्रममा अफगानिस्तान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकाका बालबालिका, पाँचै देशका एनएसीजीका प्रतिनिधि, अधिकारकर्मी, अभियन्ता तथा प्रतिनिधि, सरकारी निकायका प्रतिनिधिहरु र बालबालिकाहरुले सहभागिता जनाएका थिए ।

कन्सोर्टियम नेपालका अध्यक्ष किरण थापाले सम्मेलनलाई सम्वोधन गर्दै बालबालिकाहरुको अधिकार सुनिश्चितताका लागि अझै धेरै काम गर्न बाँकी रहेको बताए ।

कार्यक्रममा विकास सझेदार संस्थाका प्रतिनिधिहरु र सार्क राष्ट्रिका प्रतिनिधिहरुले पनि सम्वोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment