+
+
Shares

यसरी थालियो नागढुंगामा सुरुङमार्ग खन्ने काम (फोटो फिचर)

आर्यन धिमाल आर्यन धिमाल
२०७७ पुष ७ गते २०:०३

७ पुस, काठमाडौं । सिस्नेखोला (दहचोक-नागढुंगा) सुरुङमार्ग खन्ने काम मंगलबारबाट सुरु भएको छ । सडक विभागका अनुसार मंगलबार विहानबाट सुरुङमार्ग खन्न सुरु गरिएको हो ।

आयोजनाका निमित्त प्रमुख नरेशमान शाक्यका अनुसार मेसिनको प्रयोग गरेर सुरुङ खन्न थालिएको हो । ‘१५-१६ मिटरसम्म माटो नै भेटिन्छ, त्यसपछि विष्फोटक पदार्थ प्रयोग गर्न सकिन्छ,’उनले भने ।

शिलान्यास भएको १४ महिनापछि सुरुङमार्गमा खन्ने काम सुरु भएको हो । २०७६ कात्तिक ४ सुरुङमार्गको दहचोकमा प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए ।

२.६६८ किलोमिटर लामो यो सुरुङमार्ग ४२ महिनामा निर्माण गरिसक्ने योजना छ । तर, ४२ मध्ये १४ महिना बितिसक्दा पनि सुरुङ खन्न सुरु भएको छैन ।


सुरुङ खन्ने काम वैशाख २०७७ बाट सुरु गर्ने योजना थियो । समयमै मेसिन नआइपुगेको, सुरुङको मुखको जग्गाको मुआब्जाको विवाद नसल्टिएको लगायतका कारण देखाउँदै काममा ढिलाइ भयो ।

सुरुङमार्ग र पहुँचमार्गमा करिब २२ अर्ब खर्च हुने अनुमान छ । यसमध्ये १६ अर्ब ६० करोड जापान सरकारले ०.०१ प्रतिशत ब्याजदरमा ४० वर्षका लागि सहुलियतपूर्ण ऋण उपलब्ध गराएको छ भने नेपाल सरकारको ५ अर्ब ५३ करोड रुपैयाँ खर्च गरिँदैछ ।

सुरुङमार्ग निर्माण भएपछि सिस्नेखोलाबाट २० मिनेटमा काठमाडौं आइपुगिनेछ ।


लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?