Comments Add Comment

यी हुन् युट्युबबाट सर्वाधिक कमाउने व्यक्ति, वर्षमा साढे ३ अर्ब आम्दानी

काठमाडौं । आजको जमाना डिजिटल मिडियाको हो । डिजिटल मिडिया अहिलेको समयमा धेरै मानिसको आम्दानीको सबैभन्दा लोकप्रिय तथा सरल माध्यम पनि बनिरहेको छ ।

खास विशेषता के भने डिजिटल मिडियामा प्लाटफर्ममा आम्दानीको मामिलामा उमेरको कुनै सीमा छैन । बच्चादेखि लिएर बुढापाकासम्मले युट्युब जस्ता प्लाटफर्मबाट करोडौँ कमाइरहेका छन् ।

एक तथ्यांक अनुसार सन् २०२० मा युट्युबबाट सर्वाधिक रकम कमाउने युट्युबरको रुपमा ९ वर्षका एक बालक बनेका छन् ।

९ वर्षका ती बालक लगातार तेश्रो वर्ष पनि युट्युबबाट सर्वाधिक कमाउने युट्युबर बनेका छन् । उनी वास्तवमा युट्युबबाटै अर्बपति बन्न सफल भएका छन् ।

ती बालकको नाम रायन काजी हो । उनी अमेरिकाको टेक्सासमा बस्दछन् । ९ वर्षका रायनले युट्युबमा खेलौना तथा गेमहरु अनबक्स गर्दछन् र त्यसको समीक्षा समेत गर्दछन् ।

रायनले आफ्नो युट्युब च्यानलबाटै सन् २०२० मा २ करोड ९५ लाख डलर अर्थात् झण्डै साढे ३ अर्ब रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

साथै उनले यो वर्ष वर्ल्ड ब्राण्डेड टोए एण्ड क्लोथिङका माध्यमबाट थप २० करोड डलर कमाएका छन् ।

रायनको सबैभन्दा लोकप्रिय भिडियोको रुपमा रहेको ह्युज एग्स सरप्राइज टोय च्यालेन्ज हो ।

उक्त भिडियो अहिलेसम्म दुई अर्ब मानिसले हेरिसकेका छन् । रायनको उक्त भिडियो युट्युबको इतिहासमा अहिलेसम्मै सबैभन्दा धेरै हेरिएका शीर्ष ६० भिडियोमध्ये पर्दछ । हालै रायनले निकलोडिएनसँग आफ्नै टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने सम्झौतासमेत गरेका छन् ।

रायनले सन् २०१५ देखि युट्युबमा भिडियो बनाउन सुरु गरेका थिए । रायनलाई भिडियो बनाउने आइडिया खेलौनाको समीक्षाको भिडियो देखेसँगै फुरेको थियो । केही वर्षमै रायनको लोकप्रियता ह्वात्तै बढ्यो । रायन सन् २०१८ तथा २०१९ मा पनि युट्युबमा सबैभन्दा धेरै आम्दानी गर्ने युट्युबरको रुपमा थिए ।

रायन युट्युबमा अत्यधिक लोकप्रिय छन् । उनको लोकप्रियतालाई देखेर कैयन् कम्पनीहरु उनीसम्म पुगेका छन् र उनलाई आफ्ना कम्पनीका नयाँ खेलौनाहरु अनबक्स गर्न तथा समीक्षा गर्नका लागि थमाउँछन् । यसका लागि रायनले मोटो रकम लिन्छन् ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment