Comments Add Comment

अम्बे स्टिल्स ५००डीलाई नेपाल गुणस्तर चिन्ह

८ पुस, काठमाडौं । अम्बे स्टिल्स ५००डीले नेपाल गुणस्तर चिन्ह (एनएस)बाट प्रमाणीकरण पाएको छ । अम्बे स्टिल्स ५००डीमा अन्य छडहरुको तुलनामा विशिष्ट भौतिक, रयासनिक र यान्त्रिक गुण छन् ।
एक प्राविधिक बैठकमा अम्बे स्टिल्स प्रालिका प्रतिनिधिले अम्बे स्टिल ५००डीमा उच्च क्षमता रहेको र उच्च लचिलोपना भएको छड भएको बताएका थिए ।

‘उच्च लचिलोपना र क्षमताको कारण अम्बे स्टिल्स ५००डी नेपालमा प्रयोगको लागि सबैभन्दा राम्रो छ’, उनले भने । उनले नेपालमा भूकम्पको जोखिमलाई ध्यानमा राखेर कम्पनीले यो छड निर्माण गरेको बताए ।
कम्पनीका अनुसार अम्बे स्टिल्स ५००डी छड आठदेखि ३२ एमएम सम्ममा उपलब्ध छन् ।

अम्बे स्टिल्स ‘अम्बे ग्रुप’अन्तर्गतको कम्पनी हो । यसले नेपाली बजारमा उच्च लचिलोपना सहितको अम्बे स्टिल्स टीएमटी ५०० डी निर्माण गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment