+
+

प्रचण्ड-नेपाल समूह भोलि सर्वोच्च र निर्वाचन आयोग जाने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ९ गते १३:५४

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड-माधवसमूहको स्थायी कमिटी बैठकले शुक्रबार सर्वोच्च अदालत र निर्वाचन आयोग जाने निर्णय गरेको छ ।

बिहीबार बबरमहलको कार्की पार्टी प्यालेसमा बसेको बैठकले विहान १० बजे सर्वोच्च अदालत र १२ बजे निर्वाचन आयोग जाने निर्णय गरेको नेता भीम आचार्यले जानकारी दिए । ‘नयाँ सरकार बनाउन सकिन्छ,  संसद ज्युँदै छ भन्ने देखाउन परेन ? त्यही भएर सर्वोच्च  र निर्वाचन आयोग जाने निर्णय भयो’ बैठकपछि उनले भने ।

संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि शुक्रबार संवैधानिक इजलासमा सुनुवाई हुँदैछ ।

प्रचण्ड माधव समूहले बिहीबार महासचिव पद भने टुंगो लगाउन सकेन । सुरेन्द्र पाण्डे र भीम रावलमध्ये कसलाई बनाउने भन्ने विषयमा छलफल भएको नेताहरूले बताएका छन् । ‘आज छलफल भयो तर निर्णय भएन’ नेता घनश्याम भुसालले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?