Comments Add Comment

प्रचण्डको स्वीकारोक्ति : बादललाई ल्याउन सकिएन

९ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालय सदस्य रामबहादुर थापा बादललाई आफ्नो पक्षमा ल्याउन नसकिएको स्वीकार गरेका छन् ।

बिहीबारको केन्द्रीय कमिटी बैठकमा उनले आजको बैठकमा आउने अपेक्षा गरे पनि ल्याउन नसकिएको बैठकमा जानकारी गराएका हुन् ।

‘बामदेव गौतम र बादल कमरेडलाई आउन आग्रह गरेको थिएँ, आउनु भएन । बामदेव कमरेड सकारात्मक हुनुहुन्छ तर बाललाई लिएर आउन सकिएन तर उताको बैठकमा सहभागी २३ जना फर्किइसक्नु भएको छ’ प्रचण्डले बबरमहलस्थित कार्की पार्टी प्यालेसमा भएको बैठकमा जानकारी गराए ।

उनले बादलसँग निकट रहेका कुलप्रसाद केसी र सुर्य सुवेदी ‘पथिक’ आफूहरुको बैठकमा सहभागी भएको पनि बताए ।

सरकारले सं‌सद विघटन गरेपछि दुई कित्तामा विभाजित नेकपाको कुन कित्तामा लाग्ने भन्नेमा बादल केही दिनसम्म अनिर्णित बसेका थिए । तर उनी बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली समूहको भेलामा सहभागी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment