Comments Add Comment

५ महिनामा वीरगञ्ज आईसीपीमा ८२ हजार गाडी भित्रिए, १४ करोड राजस्व संकलन

९ पुस, वीरगञ्ज । चालु आर्थिक वर्ष ०७७/०७८ को पाँच महिनामा वीरगञ्जस्थित एकीकृत भन्सार जाँच चौकी (आईसीपी)मा ८२ हजार ५९ वटा मालबहाक, नयाँ सवारी तथा खाली सवारी साधन भित्रिएका छन् ।

एलपी ग्याँस बुलेट ५ हजार ८०४ वटा, पेट्रोल ट्याङ्कर चार हजार ५९५ वटा, किरोसन बोकेका १ सय ९९ र अन्य सवारी ६४ हजार ३ सय ७८ वटा भित्रिएका हुन् ।

आईसीपी सञ्चालक संस्था नेपाल इन्टरमोडल यातायात विकास समितिको वीरगञ्जस्थित कार्यालयका अनुसार ७४ हजार ५७६ वटा गाडीले भारततर्फबाट समान आयात गरेको हो भने ७ हजार ४ सय ८३ वटा सवारी नेपालबाट भारततर्फ समान निर्यात गरेको छ ।

भारतबाट मालबहाक सवारी साधन र नयाँ गाडी धेरै आउने गरेको छ भने, नेपालतर्फबाट कमै समान निर्यात हुने गरेको छ ।

कम्पनीले आईसीपी भित्रिने गाडीसँग प्रवेश शुल्क, पार्किङ, गोदाम र तौल गरेको शुल्क लिने गरेको छ । जसबाट चालु आर्थिक वर्षमा १४ करोड ५१ लाख १४ हजार ८९ रुपैयाँ संकलन भएको विकास समितिको वीरगञ्ज आईसीपी कार्यालय प्रमुख कमल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार अघिल्लो आर्थिक वर्ष ०७६/७७ मा १ लाख ५२ हजार १७२ वटा सवारी आईसीपीमा भित्रिएको छ ।

एलपी ग्याँस बुलेट १४ हजार ९ सय ५५ वटा, पेट्रोल ट्याङकर ९ हजार ३०२, डिजेल ३ हजार ३५० र १ लाख २४ हजार ५ सय २५ वटा अन्य सवारी भित्रिएको हो ।

जसमा १ लाख ३५ हजार १७ वटा गाडी मालसमान आयातमा संलग्न थिए भने १७ हजार १५५ वटा गाडी मालसमान निर्यातमा संलग्न थिए ।

कम्पनीले गत आर्थिक वर्षमा २० करोड ८९ लाख २४ हजार १७६ रुपैयाँ संकलन गरेको थियो ।

चैत २८ देखि जेठ २५ गतेसम्म विभिन्न शुल्कमा लकडाउन डिस्काउन्ट गरेको थियो । कार्यालयले १ करोड ४८ लाख ६१ हजार ७ सय ३० रुपैयाँ लकडाउन छुट गरेको कार्यालय प्रमुख ज्ञवालीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment