Comments Add Comment

राजस्व छली गर्ने विभिन्न कम्पनीविरुद्ध उच्च अदालतमा मुद्धा

९ पुस, काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व छलीका तीन घटनामा २० करोड रुपैयाँ विगो माग दावी गर्दै विभिन्न फर्मका संचालकविरुद्ध मुद्दा दायर गरेको छ ।

विभागका अनुसार विभिन्न फर्मका प्रोप्राइटरविरुद्ध १९ करोड ९६ लाख रुपैयाँ विगो असुल, जरिवाना र कैद सजायसमेत माग गरी उच्च अदालत पाटनमा दुई र उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासमा एउटा मुद्दा दर्ता भएका छन् ।

विभागका अनुसार झुटा तथा नक्कली मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व छली गरेको अभियोगमा कविला सप्लायर्स सेन्टरका संचालक भारतीय नागरिक किशोर चौधरीविरुद्ध २ करोड १४ लाख विगो दावी गर्दै मुद्दा दर्ता गरिएको छ ।

धनुषा स्थायी घर भई ललितपुर बस्ने शिवम प्याकेजिङ एण्ड सप्लायर्सका सञ्चालक सितादेवी जैसवालबाट ५ करोड ५५ लाख विगो माग्दै मुद्दा दायर भएको छ ।

रौटहत स्थायी घर भएका काँडाघारस्थित श्री गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसाद चौधरीबाट ५ करोड ३२ लाख विगो माग गरी मुद्दा दायर गरिएको विभागले जनाएको छ ।

विभागका अनुसार यी तीन प्रतिष्ठानले झुट्टा तथा नक्कली कर बिजक खरिद देखाई सोही अनुसार आयकरतर्फ खरिद खर्च लिएको देखिएको छ । मूल्य अभिवृद्धि करतर्फ ट्याक्स क्रेडिट लिई कानुन बमोजिम सरकारलाई बुझाउनुपर्ने भ्याट र आयकर छली गरेको आरोप उनीहरुविरुद्ध रहेको छ ।

विभागले सोही अभियोगमा बारास्थित शिवम ट्रेडर्स एण्ड सप्लायर्सका सञ्चालक जगदिश सहनी मलाहसमेत ७ जनाविरुद्ध ४ करोड ७९ लाख रुपैयाँ विगो माग गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ । यस टे«डर्सबाट वस्तु तथा सेवा खरिद नै नगरी झुट्टा तथा नक्कली मूल्य अभिवृद्धि कर बिजक मात्र खरिद गरी मूल्य अभिवृद्धि कर र आयकरसमेत राजस्व चुहावटको कसुर गरेको आरोप विभागले लगाएको छ ।

बिहीबार नै विभागले राजस्व चुहावट गर्ने नियतले गलत विवरण घोषणा गरी राजस्व छली गरेको अभियोगमा कास्की, पोखरास्थित अनुष्का मल्टिप्रपोज कम्पनीका सञ्चालक शिवलाल तिम्लसिनासमेत ३ जनाविरुद्ध जनकपुर उच्च अदालतको वीरगञ्ज इजलासमा मुद्दा दर्ता गरेको छ । यस कम्पनीबाट १ करोड ८२ लाख विगो असुल गर्नुपर्ने माग दावी विभागको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment