Comments Add Comment

यस्तो छ हल खोल्नु अघिको पूर्व तयारी…(फोटो फिचरसहित)

भोली शुक्रबारबाट देशैभरका हल संचालनमा आउँदैछन् । कोरोना महामारीका कारण ९ महिनादेखि बन्द रहेका हलहरु संचालन गर्ने तयारी चलचित्र संघले गरेको हो । सरकारले भने हालसम्म चलचित्र हल खोल्ने अनुमती दिइसकेको छैन । तर, चलचित्र संघको एकतर्फी निर्णयमा सरकार लचिलो बन्ने संभावना देखिएको छ ।

चलचित्र संघले हल खोल्ने निर्णय गरेसँगै लामो समयदेखि बन्द रहेका हलहरु सरसफाई गरिएको छ । यस्तै, कोभिड–१९ को सुरक्षा मापदण्ड अपनाउँदै हलहरुमा विशेष सुरक्षा व्यवस्था पनि गरिएको छ ।

बिहिबार काठमाण्डौका सीभील मल, बीग मुभिज, आई प्लेक्स सिनेमाज् लगायतका हलमा अनलाइनखबरको टिम पुग्दा कर्मचारीहरु सरसफाइमा व्यस्त देखिएका थिए । हल खोल्ने निर्णयपछि हल संचालकहरु उत्साहित भएको र शुक्रबारबाट देशैभरका हल सुचारु हुने चलचित्र संघका अध्यक्ष मधुसुदन प्रधानले बताएका छन् ।

शुक्रबारदेखि हलमा ५० प्रतिशत दर्शकको अकुपेन्सीमा हल संचालन गर्ने तयारी हल संचालकहरुको छ । शुक्रबारबाट भने चलचित्र ‘आमा र सेन्टी भाइरस’ चलाउने तयारी गरिएको छ ।

तस्वीरः चन्द्र आले र आर्यन धिमाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment