Comments Add Comment

केपी ओली गोमन साप जस्तै हुनुहुँदो रहेछ : झलनाथ खनाल

१० पुस, काठमाडौं । नेपाल प्रचण्ड–माधव समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली इबी साँध्ने व्यक्ति भएको बताएका छन् । उनले पूर्व सहकर्मी एवं अध्यक्ष ओलीलाई गोमन सापसँग तुलना समेत गरे ।

पार्टीको केन्द्रीय कमिटीको बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार आयोजित पत्रकार सम्मेलनमा खनालले महाधिवेशनमा आफूले हराएपछि बदला लिन खोजेको बताए । उनले अघि भने, ‘उहाँ गोमन सापजस्तै हुनुहुँदोरहेछ ।’

गोमन सापलाई कसैले हिर्कायो र भाग्यो भने उसले हिर्काउने मान्छेको तस्वीर दिमागमा राख्ने र मौका पाउँदा ठुंङ्ग्ने गरेको खनालले सुनाए ।

उनले नेकपाको आधिकारिक आफूहरु भएको भन्दै उनले केपी शर्मा ओली समूहले बालुवाटारमा गरेको बेला रुखको बोक्रा मात्र भएको बताए ।

पार्टी फुटाउन संसदीय दल र केन्द्रीय कमिटीमा ४० प्रतिशत बहुमत चाहिने भन्दै उनले भने, ‘अहिले संसद भंग गरेको अवस्थामा केन्द्रीय कमिटीमा ४० प्रतिशत चाहिन्छ । त्यसैले नेकपा फुटेको छैन, चोइट्याउन खोजेको हो । रुखका बोक्रा निस्किन सक्छन्, बोक्रा निस्किँदा रुख नै बढ्यो भन्न मिल्छ र ? बालुवाटारमा भेला भएको बोक्रा मात्र हो, नेकपा जस्ताको तस्तै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment