+
+
Shares

समृद्धिको यात्रा, ओलीको गाईजात्रा !

संसद विघटनविरुद्ध नागरिक आन्दोलनको प्रदर्शन

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७७ पुष ११ गते २०:४६

११ पुस, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नागरिक समाजले माइतीघर मण्डलामा प्रर्दशन गरेका छन् ।

प्रतिगमनविरुद्ध बृहत नागरिक आन्दोलनको व्यानरमा शनिबार भएको प्रदर्शनमा सहभागीहरुले संसद विघटनको विरोध गरे । प्रदर्शनमा सहभागीहरुले सबै विमतीको संविधानभित्रैबाट समाधान खोज्नुपर्ने बताएका छन् ।

प्रदर्शनमा सहभागीहरुले ‘समृद्धिको यात्रा, ओलीको गाईजात्रा’, ‘म नागरिक संविधानको पालक, नेताज्यू तपाई नि ?’, ‘संविधानमाथि तिरैतिर, प्रतिगामीलाई खिरैखिर’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए ।

बृहत नागरिक आन्दोलनले आन्दोलनका कार्यक्रम पनि सार्वजनिक गरेको छ । १८ गतेसम्म दिन बिराएर प्रदर्शन गर्ने नागरिक आन्दोलनले बताएको छ ।

  

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?