+
+

थप ५०० जनामा कोरोना संक्रमण पुष्टि

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते १५:४६

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुषमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ । उनीहरुमध्ये २ लाख ४९ हजार १३२ जना संक्रमणमुक्त भएका छन् भने १८१९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालदेशभर ६७४९ सक्रिय संक्रमित छन् । उनीहरुमध्ये ३३४९ होम आइसोलेसनमा छन् भने २८८ जनाको आईसीयू र ५० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?