१३ जेठ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद श्रीराम न्यौपानेले बाँदर नियन्त्रणका लागि राज्यले केही न केही गर्नुपर्ने बताएका छन् । यो विषयमा आफूलाई नागरिकले आग्रह गरिरहेको उनले सुनाए ।
आफ्नो निर्वाचन क्षेत्रका एक जना किसानले आज बिहानै फोन गरेको र ‘माननीय ज्यू बरु सडक र विकास ढिला होस्, तत्काल बाँदरबाट अन्नबाली जोगाइदिनुपर्यो’ भनेको उनले संसदमा जानकारी गराए ।
प्रतिनिधिसभाको बैठबमा बोल्दै उनले यो किसानको गूनासो मात्रै नभएर नेपालको कृषि, किसान र खाद्यय सुरक्षामाथिको गम्भीर संकट भएको उनले बताए ।
बाँदरकै कारण कतिपय किसान बसाईं सर्नु परेको उनले बताए ।
डमी बाँदर राख्ने लगायतका उपय अपनाउन सकिने र यस निम्ति नागरिकललाई सचेत गराउन सकिने उनले सरकारलाई आग्रह समेत गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4