+
+
Shares

चोरेरै ६ करोडको सम्पत्ति जोडेका प्रेम कारागार चलान

चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • चोरी गरी करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू काठमाडौं जिल्ला अदालतको आदेशपछि कारागार चलान भएका छन् ।
  • बौद्धबाट ६५ तोला सुन चोरी गरेको अभियोगमा उनलाई प्रहरीले गत माघमा गोली हानेर नियन्त्रणमा लिएको थियो ।
  • चोरीकै रकमबाट उनले एक करोडको हाइलक्स गाडी किनेको र बाँकेमा साढे तीन तले घर बनाएको अनुसन्धानबाट खुलेको छ ।

१३ जेठ, काठमाडौं । चोरी गरेरै करोडौं सम्पत्ति जोडेको आरोपमा पक्राउ परेका प्रेम थारू कारागार चलान भएका छन् ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामचन्द्र खड्काको इजलासले थारूलाई कारागार चलानको आदेश दिएको हो ।

चोरी र सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा चलेको उनी अदालतको आदेशपछि कारागार चलान भएका छन् ।

उनी पछिल्लो पटक बौद्धको एक घरबाट ६५ तोलाभन्दा बढी सुन चोरी गरेको आरोपमा गत माघमा पक्राउ परेका थिए । प्रहरीले उनलाई राजधानीमै गोली हानेर पक्राउ गरेको थियो ।

अनुसन्धान गर्दा उनले एक करोडको हाइलक्स गाडी चढ्ने, चोरी गरेकै रकमले बाँकेमा साढे तीन तले घर बनाएको समेत खुलेको थियो । त्यसपछि प्रहरीले सम्पत्ति शुद्धीकरणको मुद्दा समेत चलाएको थियो ।

यसअघि पनि उनी पटक पटक पक्राउ गर्दै मुद्दा चलेर थुनामा गएका व्यक्ति हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?