+
+
Shares

‘लालीबजार’ को मुद्दामा सुनुवाइ भइरहँदा अदालत पुगिन् स्वस्तिमा खड्का

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ १३ गते १२:१३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • उच्च अदालत पाटनमा फिल्म लालीबजार को प्रदर्शन रोक्न अन्तरिम आदेश जारी गर्ने वा नगर्ने सम्बन्धमा सुनुवाइ भइरहेको छ।

काठमाडौं । उच्च अदालत पाटनमा फिल्म लालीबजारको मुद्दामा सुनुवाइ भइरहेको छ । न्यायाधीशद्वय टंकप्रसाद गुरुङ र अच्युत कुइँकेलको संयुक्त इजलासमा सुनुवाइ भइरहेको हो ।

मंगलबारको सुनुवाइमा अदालतले निर्माता षट्कोण आर्ट्सलाई फिल्मको सफ्टकपी पेश गर्न आदेश दिएको थियो । हिजै केन्द्रीय चलचित्र जाँच समितिलाई फिल्मलाई प्रदर्शन अनुमति दिने निर्णयको सक्कल फाइल झिकाउन समेत भनेको थियो ।

अहिले अदालतमा सुनुवाइ चलिरहँदा कार्यकारी निर्माता प्रदीप भट्टराई र अभिनेत्री स्वस्तिमा खड्का उच्च अदालत पाटनमा पुगेका छन् । अर्का निर्माता रवीन्द्रसिंह बानियाँ चाहिँ मुद्दाकै सिलसिलामा अहिले सर्वोच्च अदालतमा पुगेका छन् ।

Oplus_16908288

उच्च अदालतमा आज फिल्मको प्रदर्शनमा अन्तरिम आदेश दिने वा नदिनेबारे सुनुवाइ भइरहेको हो । रोशनी नेपालीले यो फिल्मले वादी समुदायको मर्यादामा आँच पुगेको भन्दै मुद्दा हालेकी थिइन् ।

‘लालीबजार’ अहिले देशव्यापी प्रदर्शन भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?