Comments Add Comment

भागेकी पत्नी फर्काइदिन माग गर्दै रुखमा चढेर ८ घण्टा धर्ना

भारतको कर्नाटकास्थित एक गाउँमा अनौठो घटना भएको छ । पत्नीलाई घर फर्काउन र पारिवारिक पुनर्मिलन गराउन माग गर्दै ४० वर्षका ती व्यक्ति नरिवलको रुखमा चढेर ८ घण्टासम्म टुप्पोमा बसिरहे ।

दसोबनाहल्ली गोल्लाराहात्ती नामक उक्त गाउँमा भएको सो घटनाका कारण गाउँलेहरु समेत अचम्ममा परेका छन् । परिवारमा भैरहने झगडाका कारण ती पुरुषकी श्रीमती पाँच वर्ष अगाडि घर छाडेर हिँडेकी थिइन् ।

डोडाप्पा नामका ती व्यक्ति माइती गएर बसेकी श्रीमतीलाई घर फर्काइदिन माग गर्दै गत मंगलबार दिउसो ३ बजेतिर नरिवलको रुखमा चढेका थिए ।

गाउँलेहरुले आफ्नो घरेलु झगडा मिलाइदिन नसकेको र पत्नीलाई फर्काइदिन नसकेको भन्दै उनले गाउँलेहरुलाई सराप्दै रुखमा बसिरहे र तल र्झन भन्दा मानेनन् ।

पत्नी नहुँदा पछिल्ला वर्षहरुमा आफुलाई परिवार तथा ३ वटा छोराहरुको हेरचाह गर्न अप्ठेरो परिरहेको उनको जिकिर छ ।

डोडप्पा रुखमा चढेर तल नझर्ने ढिपी कसेपछि गाउँले र उनका छोराहरु ८ घण्टासम्म तल कुरेर बसिरहे । उनीहरुले डोडप्पलाई तल र्झन अनुरोध गर्दै मनाउने प्रयास गरिरहे ।

तर डोडप्पाले भने श्रीमती नफर्किउन्जेल आफु रुखबाट नओर्लिन ढिपी कसिरहे ।

त्यसपछि गाउँलेहरुले प्रहरीलाई खबर गरे । खबर पाउनासाथ प्रहरी घटनास्थल पुग्यो । श्रीमतीलाई माइतीबाट फर्काइदिने आश्वासन प्रहरीले दियो । रातको ११ बजे जब प्रहरीले माइतीमा बसेकी उनकी पत्नीलाई त्यहाँ ल्याउन सफल भयो । अनिमात्र डोडप्पा रुखबाट तल ओर्लिए ।

गाउँलेहरुका अनुसार डोडप्पाले दोश्रो बिहे गरेका रहेछन् र पछिल्लोपटक भागेकी पत्नी उनको दोश्रो पत्नी हुन् ।

डोडप्पा रुखबाट ओर्लिएसँगै दुईजनाबीच गाउँले भद्र भलादमीको समन्वयमा पती पत्नीबीच मेलमिलाप गराइएको छ र माइतीबाट फर्किएकी डोडप्पाकी पत्नी उनको घरमै बस्न राजी भएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment