Comments Add Comment

सेन्ट्रल अफ्रिकन रिपब्लिकमा मारिए शान्ति मिसनमा गएका तीन सैनिक

Photo Credit : AP

१२ पुस, काठमाडौं । अफ्रिकी मुलुक सेन्ट्रल अफ्रिकन रिपब्लिक (सीएआर)मा संयुक्त राष्ट्रसंघको शान्ति मिसनमा गएका तीन सैनिक मारिएका छन् । राष्ट्रसंघले शुक्रबार दिएको जानकारीअनुसार सेन्ट्रल अफ्रिकन रिपब्लिकमा हतियारधारी लडाकुहरुले बुरुण्डीबाट शन्ति मिसनमा गएका सैनिकको हत्या गरेका हुन् । सेन्ट्रल अफ्रिकी रिपब्लिकमा आइतबार आम निर्वाचन हुन गइरहेको छ । उक्त आक्रमणमा दुई सैनिक घाइते भएको राष्ट्रसंघले बताएको छ ।

सीएआरको संवैधानिक अदालतले शनिबार राष्ट्रपतीय निर्वाचन पूर्वनिर्धारित मितिअनुसार आइतबार नै हुने बताएको छ । यद्यपि यहाँ विपक्षी गठबन्धनहरुले भने यो निर्वाचन रोक्न माग गर्दै आएका छन् । अदालतले धेरै विपक्षी उम्मेदवारहरुलाई निर्वाचनमा उठ्न रोक लगाएको छ । त्यसैले सीएआरमा राजनीतिक तनाव बढेको हो । अदालतले निर्वाचन स्थगित गर्नुपर्ने विपक्षीहरुको मुद्दामा पर्याप्त आधार नभएको बताएको छ ।

यसअघि नै विपक्षीहरुले निर्वाचन स्थगित गर्नुपर्ने माग गर्दै चुनावी प्रचार बन्द गरिसकेका छन् । विरोधका बीच हुन लागेको निर्वाचनमा आइतबार पनि अप्रिय घटना हुन सक्ने आशंका गरिएको छ । तर, सरकारी अधिकारीहरुले भने निर्वाचन सुरक्षितरुपमा सम्पन्न हुने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment