
१२ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जिल्ला कार्यालय कञ्चनपुरमा प्रचण्ड–माधव नेपाल र केपी ओली पक्षका नेता, कार्यकर्ताबीच धकेलाधकेल भएको छ ।
प्रचण्ड-माधव समूहले दिउँसो १२ बजे बोलाएको विस्तारित बैठकलाई विथाल्ने गरी ओली समूहका नेता, कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेपछि धकेलाधकेल भएको हो ।
स्रोतका अनुसार ओम बस्नेत लगायतका नेताले ताला खोल्न खोजेपछि विवाद भएको थियो । स्थिति उग्र हुने संकेत पाएपछि प्रशासनले समन्वय गरेर बैठक स्थगित गर्न अनुरोध गरेको छ ।
कार्यक्रम रोकिने भएपछि अहिले भिड साम्य हुँदै गएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4