+
+

एनएमबि बैंकको एकै दिनमा ३ शाखा रहित सेवा स‌ंचालन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १५:५९

एनएमबि बैंकले वित्तीय पहुँच विस्तार गर्ने उद्धेश्यको साथ एकै पटक तीन नयाँ स्थानमा शाखा रहित सेवा संचालनमा ल्याएको छ ।

बैंकले प्रदेश १ मा रौतमाई गाउँपालिका–०६, चिसापानी, उदयपुर, प्रदेश २ मा क्रमशः तिरहुत गाउँपालिका–०४, डिमन, सप्तरी र तिलाठी कोइलाडी गाउँपालिका–८, टोपा सप्तरीमा उक्त सेवा सञ्चालनमा ल्याएको हो । योसँगैं बैंकको शाखा रहित सेवाको संख्या ३३ पुगेको छ ।

एनएमबि बैंकले १८० शाखाहरु, ९ विस्तारित काउन्टरहरु, ३३ शाखा रहित सेवा, १३५ एटीएमहरुको मजबुत सञ्जालका साथै ४०० पोओएस मसिन र १० हजारभन्दा बढी क्यूआर कोड मार्फत उच्चस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?