+
+
Shares

भोलिदेखि साप्ताहिक भिडियो म्यागजिन ‘सग्लो समाज’

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १२ गते १६:०२

डिसमिडिया नेटवर्क लिमिटेडले भोलि सोमबारदेखि साप्ताहिक भिडियो म्यागजिन “सग्लो समाज” प्रसार गर्ने भएको छ । हिमाल मिडियाले निर्माण गरिरहेको सो म्यागजिन पत्रकार तथा लेखक कनकमणि दीक्षितले प्रस्तुत गर्नेछन् ।
सो म्यागजिन डिश होमको सरोकार च्यानल (१३०) मा राती साढे ८ बजे प्रसार हुन्छ । ‘सग्लो समाज’ को पहिलो अंकमा विदेशी शक्तिका लागि लडाइँ लड्दा गोरखाली सिपाहीले पाएको दुःखको विषय मूलतः उनै सिपाहीका अभिव्यक्तिमा आधारित भएर प्रस्तुत गरिएको छ ।

देशभित्रै निर्माण गरिएका कार्यक्रम बढाउँदै लैजाने नीति अनुरूप हिमाल मिडियासँग समझदारी भएअनुसार यो कार्यक्रम प्रसार हुन लागेको हो,डिशमिडियाका अध्यक्ष हेमराज ढकाल भन्छन् ।

‘सग्लो समाज’माहामीले चिन्तन गर्नुपर्ने, चिन्ता लिनुपर्ने र समाजलाई उत्साहित बनाउने विषयलाई म्यागजिनको ढाँचामा प्रस्तुत गरिनेछ, हिमाल मिडियाका प्रकाशक तथा यो कार्यक्रमका प्रस्तोता कनकमणि दीक्षितले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?