Comments Add Comment

घनश्याम भुसाललाई यही मञ्चबाट बिदाइ गर्न चाहेको थिएँ : कृषिमन्त्री अर्याल

१३ पुस,काठमाडौं । नवनियुक्त कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा कुमारी अर्यालले पदभार ग्रहण गरेकी छिन् । आइतबार मन्त्रालयमा पदभार सम्हाल्दै उनले निवर्तमान कृषि मन्त्री घनश्याम भुसाललाई बिदाइ गर्न नपाएकोमा दुःख व्यक्त गरिन् ।

‘उहाँको कार्यकालमा राम्रा कामहरु भएका छन्, त्यसको अनुसरण गर्दै उहाँलाई यहीँ मञ्चबाट बिदाइ गर्न चाहान्थेँ, तर उहाँ ब्यस्त हुनुभयो,’मन्त्री अर्यालले भनिन् ।

घनश्याम भुसालको पालामा भएका नीतिगत स्पष्टताका लागि भएका कामहरु सरकारी सम्पत्ति भएको पनि उनले बताइन् ।

कृषककै छोरी भएकोले कृषकको समस्यामा जनकार रहेको भन्दै मन्त्री अर्यालले कृषकका समस्या समाधानका आफ्नो पहिलो प्राथमिकता भएको बताइन् ।

कोभिडका कारण विदेशबाट फर्केका युवालाई कृषिमा ल्याउन प्रयास गर्ने भन्दै मन्त्री अर्यालले कर्मचारीको विज्ञतामा आफ्नो भावना मिलाएर काम गर्ने अठोट गरिन् ।

मलको समस्या दीर्घकालिन रुपमा हल गर्ने र सातै प्रदेशमा २५ हजार मेटि्रकटन क्षमताको मल भण्डार गर्ने व्यवस्था मिलाउने उनको भनाइ थियो । प्रधानमन्त्री कृषि आधुनिकीकरण मार्फत कृषि गरेर डाँडाकाडा हरियाली बनाउने भन्दै उनले उक्त परियोजना दुनियाँ हेर्न आउने खालको बनाउने बताइन् । किसानलाई तालिम र वर्गीकरण गरेर परिचयपत्र दिने पनि मन्त्री अर्यालको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment