Comments Add Comment

बीएस्सी अध्ययन गर्दै गरेकी युवती बनिन् भारतकी कान्छी मेयर

१३ पुस, काठमाडौं । भारतमा बीएस्सी अध्ययन गर्दै गरेकी २१ वर्षीया युवती आर्या राजेन्द्रन भारतकी सबैभन्दा कान्छी मेयर बनेकी छिन् । सोमबार भारतको केरलास्थित तिरुवनन्तपुरमकी मेयरको रुपमा आर्याले जित हात पारेकी हुन् । उनी भारतको कम्युनिस्ट पार्टी सीपीआई(एम)को तर्फबाट उम्मेदवार बनेकी थिइन् ।

आर्या अहिले अल सेन्ट्स कलेजमा ब्याचलर दोस्रो वर्षमा अध्ययन गर्दै छिन् । बीएस्सी म्याथमेटिक्स अध्ययन गरिरहेकी आर्याका बाबु पेशाले इलेक्ट्रिसियन हुन् भने आमा लाइफ इन्स्योरेन्सकी अभिकर्ता हुन् । कट्टर कम्युनिस्ट परिवारबाट आएकी आर्याले भनिन्, ‘मैले यो निर्वाचन पूर्ण आत्मविश्वास र उत्साहको साथ लडेकी थिएँ । म पार्टीले मलाई दिएको जिम्मेवारी लिन तयार छु । मेरो सपना राजनीति र पढाइलाई एकसाथ अघि बढाउनु हो ।’

आर्या वामपन्थी पार्टीको बालबालिका संगठन बालसंग्रामकी प्रान्तको अध्यक्ष पनि हुन् । आर्याले आफू मेयर भएसँगै आफ्नो प्राथमिकता केरलाको राजधानीसमेत रहेको सहरको फोहोर व्यवस्थापन प्रणालीमा सुधार गर्नु रहने बताएकी छिन् । उनले मानिसहरुलाई सडकमा फोहोर नफ्याँक्न सचेतना बढाउनु जरुरी रहेको बताएकी छिन् ।

स्रोत : पीटीआई

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment