+
+
Shares

मिलको फित्तामा बेरिएर किशोरीको मृत्यु   

रासस रासस
२०७७ पुष १३ गते १९:३७

१३ पुस, सप्तरी । सप्तरीको अग्निसाइर कृष्णाशवरण गाउँपालिकामा सोमबार मिलको फित्तामा बेरिएर एक किशोरीको मृत्यु भएको छ ।

आफैंले मिल चलाउँदै गर्दा मिलको फित्तामा कपाल बेरिएर सोही गाउँपालिका–६ की १७ वर्षीया नेमियाकुमारी पण्डितको मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फित्तामा कपाल बेरिएर उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले बताए । शव परीक्षणको लागि राजविराजस्थित गजेन्द्रसिंह अस्पतालमा राखिएको छ र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?