Comments Add Comment

अन्ततः कोरोना राहत प्याकेजमा ट्रम्पले गरे हस्ताक्षर

१३ पुस, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरस (कोभिड–१९) महामारीबाट राहतका संसद्ले पारित गरेको नौ खर्ब डलर राहत प्याकेजको कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

यसअघि ट्रम्पले यो प्याकेज पर्याप्त नरहेको भन्दै यसमा हस्ताक्षर गर्न अस्वीकार गरेका थिए । कोरोना राहत प्याकेज अमेरिकाको २३ खर्ब डलरको खर्चको प्याकेजको एक भाग थियो । जसमध्ये १४ खर्ब डलर संघीय सरकारको खर्च छुट्याइएको थियो । आइतबार अन्तिम समयमा ट्रम्पले उक्त प्याकेजमा हस्ताक्षर गरेका हुन् ।

ट्रम्पले उक्त प्याकेजमा हस्ताक्षर गर्न ढिलाइ गर्दा अमेरिकामा लाखौं मानिसहरुले अस्थायीरुपमा बेरोजगारी सुविधा रोकिने थियो । यो राहत प्याकेजको विषयमा अमेरिकाको संसद्मा लामो समयसम्म विवाद भएको थियो ।

ट्रम्पलाई उक्त प्याकेजमा हस्ताक्षर गर्न संसद्बाट दबाब आएको थियो भने राष्ट्रपति निर्वाचनमा जित हात पारेका जो बाइडनले पनि यो प्याकेजमा हस्ताक्षर नगरे त्यसको नतिजा नराम्रो हुने बताएका थिए । यद्यपि अझै पनि ट्रम्पले यो प्याकेजमा किन हस्ताक्षर गरे भन्ने स्पष्ट हुन सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment