Comments Add Comment

ऊर्जामन्त्री रायमाझी र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

१४ पुस, काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री टोपबहादुर रायमाझीसँग नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले आज भेटवार्ता गरेका छन् ।

भेटवार्तामा नेपाल–भारत संयुक्त परियोजनाहरुको कार्यान्वयन र द्विपक्षीय ऊर्जा सहकार्यलाई अघि बढाउने विषयमा छलफल भएको राजदूत क्वात्राले जानकारी दिएका छन् ।

रायमाझी मन्त्री बनेकोमा क्वात्राले बधाईसमेत दिएका थिए ।

माओवादी पृष्ठभूमिका रायमाझीले प्रचण्डको साथ छोडेपछि उनलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गत शुक्रबार मन्त्री नियुक्त गरेका थिए ।

काठमाडौंस्थित भारतीय दूतावासका अनुसार मन्त्री रायमाझी र राजदूत क्वात्राबीच नेपाल-भारतबीच विद्युत क्षेत्रमा भइरहेको सहकार्यबारे समेत छलफल भएको थियो जसमा ठूला-ठूला संयुक्त परियोजनाहरूको चाँडै सम्पन्न गर्ने र सहजीकरण गर्ने लगायतका विषयवस्तु समावेश थिए ।

सन् २०१४ मा विद्युत् व्यापार सम्झौतामा हस्ताक्षर भएपछि भारत र नेपालको विद्युत् क्षेत्रमा बहुपक्षीय संलग्नता हुँदै आएको छ जुन विगत चार-पाँच वर्षमा उल्लेखनीय रूपमा अगाडि बढेको छ । यसमा नेपाली जलविद्युत क्षेत्रमा भारतीय लगानी, उच्च भोल्टेज र मध्यम भोल्टेज क्रस बोर्डर ट्रान्समिशन लाइन, विद्युत व्यापारको सुविधाको साथै ग्रिड अपरेशनमा समन्वय समावेश छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment