+
+
Shares

भारतमा बेलायतबाट फर्किएका ६ जनामा देखियाे काेराेनाकाे नयाँ प्रकार

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १२:२८

१४ पुस, काठमाडाैं । भारतमा बेलायतबाट फर्किएका ६ जनामा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार (भेरियन्ट) पाइएको छ । भारतको स्वास्थ्य मन्त्रालयले मंगलबार दिएको जानकारीअनुसार अहिले कोरोनाको नयाँ भेरियन्ट भेटिएका सबैलाई आइसोलेसनमा राखिएको छ भने उनीहरुको निकट सम्पर्कमा आएका मानिसहरुलाई पनि क्वारेन्टिनमा राखिएको छ ।

भारतले बेलायतमा कोरोनाको नयाँ प्रकार देखिएसँगै बेलायतबाट आउने सबै उडानमा रोक लगाएको छ । तर, नोभेम्बरको अन्तिमयता प्रतिबन्ध लाग्नुपूर्व बेलायतबाट भारतमा ३३ हजार यात्रुहरु आएका थिए । बेलायतबाट आएकामध्ये ११४ जनामा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका मानिसहरुको नमुनामा नयाँ भेरियन्टको पहिचान गर्ने काम भइरहेको स्वास्थ्य मन्त्रालयले बताएको छ । नयाँ भेरियन्ट देखिएसँगै सतर्कता बढाइएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।

भारतले जनवरीबाट मुलुकमा कोरोना खोप कार्यक्रम सुरु गर्ने योजना तय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?