
१४ पुस, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले विश्वका धेरै मुलुकमा हवाई यात्रामा लगाइएको प्रतिबन्धको कारण समस्यामा परेका पर्यटकहरुका लागि विना कुनै शूल्क पर्यटक भिसाको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । यूएईका प्रधानमन्त्री शेह मोहम्मद बिन राशिद अल मखतुमले सोमबार यो आदेश जारी गरेका हुन् ।
आदेशका अनुसार यूएई आउने सबै पर्यटकहरुको भिसा एक महिनाको लागि बढाइएको छ । यसबाट नयाँ वर्षको छुट्टी मनाउन यूएई आएका पर्यटकहरु लाभान्वित हुनेछन् । आदेशमा सरकारी संस्थाले पर्यटकको सुरक्षा र सुविधामा सुधारको लागि काम गर्नेछन् ।
कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रकार देखिएसँगै अहिले विभिन्न मुलुकले हवाई उडानमा रोक लागाइरहेका छन् । यस्तोमा भ्रमणको लागि आएका पर्यटकलाई कुनै समस्या नहोस् भन्ने उद्देश्यका साथ यूएईले यस्तो निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4