Comments Add Comment

केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोले : अष्टलक्ष्मी शाक्य

१४ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् ।

‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । संविधानमाथि कू गरेको छ’, उनले भनेकी छन् । संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने शाक्यले बताइन् ।

गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको उनले आरोप लगाइन् । ‘केपी ओली, कमरेडविरुद्ध होइन, सर्वसत्तावादी ओली, स्वच्छेचारी ओलीविरुद्ध, निरङ्कुश ओलीविरुद्ध लड्नुपर्ने छ’, उनले भनिन् ।

शाक्यले कूप्रचारमा अल्मलिइकन संकल्पका साथ संघर्षमा अगाडि बढ्न आग्रह गरिन् । शाक्यले १६ वर्ष अगाडि दोस्रो जनआन्दोलनले निरङ्कुश राजतन्त्र अन्त्य गरेपनि फेरि संविधान, गणतन्त्रमाथि संकट आएकाले सडकमा उत्रनु परेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment