Comments Add Comment

विपक्षी नेतालाई तत्काल मुलुक फर्किन रुसको चेतावनी

Photo Credit : AFP

१४ पुस, काठमाडौं । रुसको फेडेरल प्रिजन सर्भिस (एफएसआईएन)ले विपक्षी नेता एलेक्सि नाभाल्नीलाई तत्काल मुलुक फर्किन निर्देशन दिएको छ । दिइएको म्यादपछि मुलुक फर्किए पक्राउ गरिने चेतावनीसमेत प्रिजन सर्भिसले दिएको छ । राष्ट्रपति भ्लादिमिर पुटिनका कट्टर आलोचक मानिने नाभाल्नी अहिले जर्मनीमा छन् ।

गत अगष्ट महिनामा उपचारको लागि जर्मनी गएका उनी अझै पनि रुस फर्किएका छैनन् । उनलाई रुसमा विष दिइएको कारण उनी बिरामी परेका थिए । त्यसपछि उपचारको लागि नाभाल्नीलाई जर्मनी लगिएको हो । यद्यपि रुसले भने उनलाई विष दिइएको कुनै प्रमाण नभेटिएको र यो घटनामा सरकारको कुनै संलग्नता नभेटिएको बताउँदै आएको छ ।

नाभाल्नीले सन् २०१४ मा सुनाइएको सजायअनुसार रुसको आपराधिक नियमन प्राधिकरणको अनुगमनबाट पनि बच्न खोजेको आरोप एफएसआईएनले बताएको छ । नाभाल्नीले गत सेप्टेम्बर २० मा बर्लिनको अस्पतालबाट डिस्चार्ज भएका थिए भने अक्टोबर १२ बाट उनी पूर्णरुपमा निको भएका थिए । त्यसैले उनीले अदालतले दिएको आदेश नाभाल्नीले पालना नगरेको एफएसआईएनको दाबी छ । नाभाल्नीलाई चोरीको मुद्दामा दोषी पाइएको थियो । तर, जेल निरन्तर अनुगमन गर्न दिने सर्तमा जेल बस्नु नपर्ने सजाय सुनाइएको थियो । नाभाल्नीले भने आफूमाथि लगाइएको मुद्दा राजनीतिक पूर्वाग्रहमा लगाइएको दाबी गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment