Comments Add Comment

सुर्खेतमा लागूऔषधसहित सासू–बुहारी पक्राउ

प्रतिकात्मक तस्वीर

१४ पुस, सुर्खेत । प्रहरीले सुर्खेतको वीरेन्द्रनगरबाट लागूऔषधसहित सासू–बुहारीलाई पक्राउ गरेको छ । ब्राउनसुगर जस्तो देखिने लागूऔषधसहित वीरेन्द्रनगर–८, इत्रामबाट सासू–बुहारीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए ।

डीएसपी घर्तीका अनुसार बुहारी २४ वर्षीया शान्ति सिंह र सासू ५० बर्षीया कौसिला सिंहलाई पक्राउ गरिएको हो । विशेष सूचनाका आधारमा बुहारी शान्तिको कोठामा खानतलासी गर्दा ५ ग्राम १७० मिलिग्राम लागूऔषध भेटिएको थियो ।

त्यस्तै उनिकी सासू कौसिला सिंहको कोठा खानतलासी गर्दा ९ ग्राम ८०० मिलिग्राम लागूऔषध भेटिएको डीएसपी घर्तीले बताए । कुल १४ ग्राम ९७० मिलिग्राम लागूऔषधसहित नियन्त्रणमा लिइएको छ । उनीहरूलाई सोमबार राति १० बजे पक्राउ गरिएको प्रहरी जनाएको छ ।

शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको डीएसपी घर्तीले बताए । उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment