+
+
Shares

सुनसरीमा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु   

रासस रासस
२०७७ पुष १४ गते १७:३५

१४ पुस, इनरुवा । सुनसरीको कोशी गाउँपालिका–४ मा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु भएको छ । सोमबार राति कोशी टप्पु वन्यजन्तु आरक्षबाट निस्केको हात्तीको आक्रमणमा परेर कोशी–५ का मोती कामैतको घटनास्थलमै मृत्यु भएको स्थानीयवासी अरुण मण्डलले बताए ।

दैनिकरुपमा आरक्षबाट निस्किने जङ्गली हात्तीले आक्रमण गर्न थालेपछि स्थानीयवासीले कटानमा चक्काजामसमेत गरेका छन् । केही दिन अगाडि पनि आरक्षबाट निस्केको हात्तीले कोशी गाउँपालिका–६ का प्रमोदकुमार यादवलाई आक्रमण गर्दा यादवको घटनास्थलमै मृत्यु भएको थियो ।

आरक्षमा रहेको माकुना हात्ती बौलाएको र त्यसलाई नियन्त्रण वा मार्नुपर्ने स्थानीयले मागसमेत गरेका छन् । माकुना हात्तीले अहिलेसम्ममा यो सहित १४ जनाको ज्यान लिइसकेको बताइएको छ ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?