+
+
Shares

माछापुच्छ्रे बैंकको थप ६ शाखारहित बैंकिङ सेवा, के-के पाइन्छ सुविधा ?

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १९:०१

माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले भक्तपुर जिल्लाको सुर्यविनायक नगरपालिका–०३, बालकोट, सिराहा जिल्लाको नरहा गाउँपालिका–०३, नरहा, महोत्तरी जिल्लाको एकडारा गाउँपालिका.–०५, कोलहुवा बगैया, मुगु जिल्लाको खत्याड गाउँपालिका.–११, रातापानी, झापा जिल्लाको शिवसताक्षी नगरपालिका.–१०, माईधारा, झापा जिल्लाकै कन्काईनगरपालिका–०९, घौलाडुब्बामा थप ६ शाखा रहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बेंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले बैंकले शाखा रहित बैंकिङ सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ६ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै माछापुच्छ्रे बैंक लिमिटेडको शाखा रहित बैंकिङ सेवा १४८ पुगेको छ ।

ग्राहक सेवा केन्द्रको रुपमा सञ्चालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त (रियल टाइममा) खाता खोल्ने व्यवस्था गरेको छ भने चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराउदै आएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?