Comments Add Comment

प्रधानमन्त्रीको तानाशाही प्रवृत्तिले देश दुर्घटनामा : रामकुमारी झाँक्री

१४ पुस, सुर्खेत । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समुहकी नेतृ रामकुमारी झाँक्रीले प्रधानमन्त्री केपी शार्मा ओली तानाशाही बनेको आरोप लगाएकी छन् ।

वीरेन्द्रनगरमा मंगलबार आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले ओलीले तानाशाही बनेर विधिको शासनभन्दा पनि व्यक्तिको शासन लाद्न खोज्दा देश दुर्घटनामा परेको टिप्पणी गरिन् ।

‘कमरेड ओलीलाई हेक्का रहोस् हामीले व्यक्तिले शासन गर्ने व्यवस्था अन्त्य गरिसकेका छौं,’ उनले भनिन्, ‘हिजो जनआदेशका अगाडि ज्ञानेन्द्रले घुँडा टेकेका थिए । चिन्ता नगर्नुस् कमरेड तपाईंलाई पनि हामी घुँडा टेकायरै छोड्छौं ।’

ओलीको तानाशाही प्रवृत्ति उनकै लागि घातक भएको झाँक्रीले बताइन् । ओलीले असंवैधानिक रूपमा विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना नभए नेपालको संविधान, प्रणाली र सार्वभौमिकता नै नरहने उनको भनाइ छ ।

‘प्रधानमन्त्री र प्रधानन्यायाधीश बीच केही सेटिङ भएको हल्ला सुन्छु । म चाहान्छु त्यो झुटो होस्,’ उनले भनिन्, ‘संसद पुनर्स्थापना नभए मुलुकको सार्वभौमता नै रहँदैन, संविधान नै रहँदैन र त्यो हाम्रा लागी मान्य पनि हुनेछैन् ।’

उनले हतारमा घोषणा गरिएको पार्टी एकता त्रुटिपूर्ण भएकाले अहिले नेकपा विभाजनको बाटोमा गएको बताइन् ।

प्रधानमन्त्री ओलीको संसद विघटनको कदम असंवैधानिक भएको र पार्टी विभाजन हुँदा पनि ६० प्रतिशत दाबी गर्नु ओलीको मूर्खता भएको उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment