+
+
Shares

बर्जर पेन्ट्स नेपालको तर्फबाट बम्पर पुरस्कार विजेताले पाए नगद ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १५ गते १२:०७

२ दशकदेखि सजावटी पेन्ट उत्पादनमा अग्रणी स्थानमा रहँदै आएको बर्जर पेन्ट्सले बर्जर कलर स्प्ल्यास २०७६ का विजेता जयनाथ सापकोटालाई बम्पर पुरस्कारको रकम ५ लाख रुपैयाँ नगद प्रदान गरेको छ ।

बर्जर हाउसमा आयोजना गरिएको पुरस्कार वितरण कार्यक्रममा कम्पनीले प्रवद्र्धनात्मक अफर अन्तर्गत प्रथम पुरस्कार विजेता रमेश श्रेष्ठलाई पहिलो पुरस्कारबापत लण्डन ट्रिप प्याकेजको टिकट र आधिकारिक पत्र पनि प्रदान गरेको छ ।

योजना २०७६ सालको दशैं तिहारको अवसरमा (भदौंदेखि पुस २०७६ सम्म) सञ्चालन गरिएको थियो । जुन योजना अन्तर्गत ग्राहकले सीमित बर्जर पेन्ट्का उत्पादनको खरीद गर्दा १०० वर्गफिट सिल्क इलुजन डिजाइनर्स फिनिस पक्का उपहार प्राप्त गर्नुका र साथसाथै भाग्यशाली गोला प्रथा र डिजिटल प्रतियोगितामार्फत् अन्य आकर्षक उपहारहरू जित्ने अवसर पनि दिइएको थियो ।

योजनामा सहभागी ६ हजारभन्दा बढी ग्राहक मध्येबाट १७८ जना विजेताको घोषणा प्रत्यक्ष लक्की ड्रबाट गरिएको थियो । जसअनुसार इटहरीका जयनाथ सापकोटाले बम्पर पुरस्कार ५ लाख रुपैयाँ तथा उर्लाबारीका पूर्णमान गुरुङ र भक्तपुरका रमेश श्रेष्ठले प्रथम पुरस्कार एक जोडीलाई लण्डन ट्रिप हात पारेका छन् ।

लक्की ड्रमार्फत् २५ जना विजेताहरुले दोस्रो पुरस्कारवापत ३२ इन्चको सामसुङ्ग टीभी, ५० जना विजेताले तेस्रो पुरस्कार स्वरूप आन्तरिक ट्रिप र १०० जना विजेताले सान्त्वना पुरस्कारमा सामसुङ्ग एम२० पुरस्कारहरू पनि प्राप्त गरेका थिए ।

योजनाका विजेतालाई बर्जर पेन्ट्स नेपालका कन्ट्री म्यानेजर सैवाल घोष, चिफ अपरेटिङ अफिसर सत्य प्रकाश तथा टर्किस एयरलाइन्स इन्क नेपालका जनरल म्यानेजर अब्दुल्ला टुन्सेर केसेसिका साथै अन्य अधिकारीको उपस्थितिमा पुरस्कारहरू वितरण गरिएको थियो ।

‘बर्जर पेन्ट्स नेपालमा सर्वोत्कृष्ट पेन्टहरुको लागि परिचित छ र यसले हालसालै सिल्क ग्ल्यामर, सिल्क ब्रेथ इजि, वेदर कोट लङ्ग लाइफ, वेदर कोट अल गार्ड, वेदर कोट एन्टि डस्ट, सिल्क इलुसन्स, सील–ओ–प्राइम र स्वचालित एक्सपी मेसिनबाट संचालन हुने एक्सपी शृंखलाका सम्पूर्ण उत्पादनहरू लगायतका नवीनतम उत्पादनहरु बजारमा प्रस्तुत गरिसकेको छ,’ कम्पनीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ, ‘बर्जर पेन्ट्सले पछिल्लो पटक पूर्णतया वाटरप्रफ्रिङ्ग उत्पादनहरू होम सिल्ड नामबाट प्रस्तुत गरिसकेको छ । मुख्य ब्राण्डहरूमा पियु कोट, ड्याम्प सिल्ड इलास्टो, सिमेन्ट मिक्स प्लस, एडभान्स्ड लेटेक्स प्लस र टायल क्लिनर रहेका छन् । बर्जर पेन्ट्स विश्वस्तरीय प्रविधि एवं वैज्ञानिक रूपमा झन्झटरहित वाटरप्रफ्रिङ्गका समाधानहरु प्रस्तुत गर्न प्रतिबद्ध छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?