Comments Add Comment

प्रचण्ड–माधव समूहको वाग्मती प्रदेश संसदीय दलको नेतामा शाक्य चयन

१५ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड– माधव समूहले वाग्मती प्रदेशको संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्यलाई चयन गरेको छ ।

काठमाडौंस्थित पेरिसडाँडामा बसेको प्रचण्ड– माधव समूहको प्रदेश सांसदको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको ठाउँमा शाक्यलाई संसदीय दलको नेता चयन गरेको हो ।

यसअघि यो समूहले वाग्मती प्रदेशसभामा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्दै मुख्यमन्त्रीको उम्मेदवारमा शाक्यलाई प्रस्ताव गरेको थियो ।

बैठकले आफ्नै दलमा बहुमत जुटाउन प्रयास गर्ने र नेपाली कांग्रेसहितका दलहरुसँग पनि सत्ता समीकरणका लागि छलफल गर्ने निर्णय पनि गरेको छ ।

साथै तत्कालीन संसदीय दलका नेता एवं मुख्यमन्त्री पौडेलले अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने सांसदहरुलाई सोधेको स्पष्टीकरणको जवाफ दिनुनपर्ने निर्णय गरेको छ । ‘उहाँले सोध्नु भएको स्पष्टीकरणबारे छलफल भयो । उहाँ दलको नेता नभएको हुनाले स्पष्टीकरण सोध्न नमिल्ने जानकारी पठाउने निर्णय भएको छ, प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment