Comments Add Comment

सूर्य चिह्न प्राविधिक कुरा हो, नअल्मलिऔं : कर्ण थापा

तस्वीर : सूर्य थापा

१५ पुस, काठमाडौं । नेकपा ओली समूहका नेता कर्णबहादुर थापाले चुनाव चिह्न प्राविधिक विषय भएकाले सूर्य चिह्नमा नअलमलिन कार्यकर्तालाई आग्रह गरेका छन् ।

बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय अगुवा भेलामा थापाले निर्वाचन चिह्नको प्राविधिक विषयमा नअल्मलिन आग्रह गरे । ‘निर्वाचन चिह्न के होला भन्ने अलमल देखिन्छ । यो प्राविधिक कुरा हो’, उनले भने ।

२०६४ को निर्वाचनमा एमाले पराजित हुँदा पनि निर्वाचन चिह्न सूर्य नै रहेको थापाले बताए । ‘माधव नेपाल पार्टी प्रमुख हुँदा निर्वाचन चिह्न सूर्य नै थियो । तर, निर्वाचन चिह्नले मात्रै नजितिने रहेछ’, प्रदेश अध्यक्ष थापाले भने ।

उनले कार्यकर्तालाई निर्वाचनमा खटिन निर्देशन दिए । सुदूरपश्चिम प्रदेशमा केपी शर्मा ओलीको पक्षमा बहुमत नेता तथा कार्यकर्ता रहेको उनले दावी गरे । ‘भीम रावल पत्तासाफ हुनेछन् । यो प्रदेशमा हाम्रो पक्षमा अत्यधिक नेता कार्यकर्ता छन्’, थापाले भने ।

अर्का समूहको नेकपा नेता भीम रावलप्रति थापा आक्रोशित बनेका थिए । ‘म पनि डाक्टर बन्न लागेको थिएँ, तर भीम रावललाई देखेपछि के गरौं, के गरौं भइरहेको छु’, उनले भने । भीम रावलले गाडी चलाउन जानेको समेत समाचार बन्ने गरेको थापाले टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment