Comments Add Comment

‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि अमेरिका पुगिन् सुहाना

चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन रोकिएपछि नायिका सुहाना थापा, आमा झरना थापा र पिता सुनिलकुमार थापाको साथमा अमेरिका पुगेकी छिन् । केही दिन अगाडि अमेरिका पुगेकी सुहाना केही समय उतै रहने वुझिएको छ ।

सुहानाको अध्यन र पारिवारिक घुमघामको सिलसिलामा थापा परिवार अमेरिका पुगेको हो । केही बर्ष अगाडि नै झरना थापाले अमेरिकाको ग्रिन कार्ड लिइसकेकी छिन् । यसैले पनि उनी अमेरिका जाने आउने गरिरहन्छिन् ।

नायिका सुहाना थापा भने केही बर्षदेखि अमेरिकामा नै रहेर अध्ययन गरिरहेकी छिन् । चलचित्र ‘ए मेरो हजुर ३’बाट उदाएकी सुहाना पहिलो चलचित्र नै ब्लकबस्टर भएपछि उत्साहित छन् । उनले, आफ्नै होम प्रोडक्शनको चलचित्रमा काम गरेपनि बाहिरी ब्यानरका चलचित्रबाट आएका अफर भने स्विकार गरेकी छैनन् । केही महिना अगाडि मात्र उनलाई चलचित्र ‘डिसेम्बर फल्स’बाट अफर आएको थियो ।

झरना थापाको निर्देशनमा बनिरहेको चलचित्र ‘ए मेरो हजुर ४’मा अनमोल केसी, सलोन बस्नेत र सुहाना थापा मुख्य भूमिकामा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment