+
+
Shares

आकाशमा जहाज उडाउँदै पाइलटले बनाए कोरोनाको सुई !

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १६ गते १२:५२

काठमाडौं । रुसमा एकजना पाइलटले यात्रुवाहक हवाई जहाज उडाइरहँदा जहाज उडानको बाटो घुमाउँदै आकाशमै यौनांगको चित्र बनाएको समाचार केही महिना अघि सार्वजनिक भएको थियो ।

रुसी पाइलटको त्यही मार्ग पछ्याउँदै अहिले जर्मनीका एक पाइलटले त्यसैगरी आकाशमा सुई तयार पारेका छन् ।

१९ वर्षीय जर्मन पाइलट सामी क्रामेरले जहाजको हवाई मार्गलाई कलात्मक रुपमा मोड्दै आकाशमा ठूलो आकारको सुई अर्थात् सिरिन्जको आकृति तयार पारे ।

कोरोना भाइरसविरुद्ध युरोपमा खोप अभियान सुरु भएको कुरा मानिसहरुलाई जानकारी गराउन भन्दै उनले भिमकाय सुई आकाशमा बनाए ।

दक्षिण जर्मनी कन्स्टेन्स ताल माथिको आकाशमा उनले बनाएको सुई आकारको हवाई मार्ग इन्टरनेट साइट फ्लाइट राडार २४ ले सार्वजनिक गरेको छ ।

आकाशमा बनाउने सुईको रुपरेखा उनले जहाज उडान भर्नु अगाडि नै जिपिएस मेसिनमा तयार पारेका थिए ।

उनले भनेका छन्, ‘अहिले पनि उल्लेख्य संख्यामा मानिसहरु खोप लगाउने कुरामा आनाकानी गरिरहेका छन् । त्यसैले मेरो यो कार्यले मानिसहरुलाई यो विषयमा एक पटक सोच्न तथा खोप अभियानमा सहयोग गर्नका लागि सचेतना जगाउनेछ ।’

महामारीका कारण उड्ययन उद्योग तहस नहस भैरहेको बेला यस्तो कीर्तिमान राख्न पाउँदा आफूलाई निकै खुसी लागेको उनको भनाइ छ ।

स्मरण रहोस् जर्मनीले गत आइतबारदेखि औपचारिक रुपमा कोभिड–१९ को खोप लगाउन सुरु गरेको छ । बिहीबारसम्म स्थानीय स्वास्थ्य संस्थाहरुलाई १३ लाख डोज भ्याक्सिन वितरण गरिने र जनवरीदेखि हरेक हप्ता ७ लाख नागरिकलाई भ्याक्सिन लगाउने योजना जर्मनीको छ ।

–एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?