Comments Add Comment

फुटबलकाे मुख्य प्रशिक्षकमा अरुणा गुरुङ

१७ पुस, काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले फुटबल खेलकाे मुख्य प्रशिक्षकमा अरुणा गुरुङलाई नियुक्त गरेको छ ।

राखेपले शुक्रबार एक कार्यक्रमकाबीच राष्ट्रिय फुटबल टिमकी पूर्व खेलाडी समेत रहेकी गुरुङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।

राखेप तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन विकले नवनियुक्त प्रशिक्षक गुरुङलाई नियुक्तिको प्रमाण पत्र दिएका थिए ।

गत वर्ष नेपालमा आयाेजना भएकाे १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा गुरुङ नेपाली राष्ट्रिय महिला टिमकाे प्रशिक्षककाे भुमिकाका थिइन् ।

यसअघि राखेपले फुटबल टिमको मुख्य प्रशिक्षकमा मिलान हाडालाई जिम्मेवारी दिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment