Comments Add Comment

६ हजार घुस लिएको आरोपमा प्रहरी हवल्दार पक्राउ

१७ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुनसरीमा कार्यरत एकजना प्रहरी हवल्दारलाई घुस लिएको आरोपमा पक्राउ गरेको छ । पक्राउ पर्नेमा इलाका प्रहरी कार्यालय हरिनगरा, सुनसरीमा कार्यरत प्रहरी हवल्दार भोला यादव रहेका छन् ।

भारतबाट घरायसी सामान ल्याउन सहजीकरण गरिदिए बापत सेवाग्राहीसँग ६ हजार रुपैयाँ घुस लिएको आरोपमा उनी पक्राउ परेका हुन् ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीका अनुसार सेवाग्राहीसँग लिएको उक्त घुस रकम राख्ने हरिनगर गाउँपालिका-४ का स्थानीय होटल व्यवसायी विनोद साहलाई पनि पक्राउ गरिएको छ ।

विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले दुवै जनालाई हरिनगरा बजारबाट नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको अधिकारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment