Comments Add Comment

फिल्मका कलाकारले दोहोरीको भिडियो खेल्नु वाध्यता होः करिष्मा ढकाल

लोकदोहोरी गीतका भिडियोमा नाम चलेकी मोडल हुन् करिष्मा ढकाल । उनी भिडियोमा मात्र होइन, स्टेज कार्यक्रममा पनि व्यस्त हुने गर्छिन् । तर, कोरोना भाइरसका कारण स्टेज कार्यक्रम ठप्प भएपछि करिष्माको व्यस्तता केही कम भएको छ । तर, यो बर्ष उनी स्टेज कार्यक्रमको सिलसिलामा चितवन पुगिन् । करिष्माले अनलाइनखबरसँग भनिन्–‘ यो बर्ष यसरी कार्यक्रम होला भन्ने आशा नै थिएन ।’

करिष्माले लकडाउनपछि ५० भन्दा बढी भिडियोमा काम गरेको बताइन् । तर, गतबर्षको भन्दा यो बर्ष आफूले कम भिडियोमा काम गरेको उनको भनाई छ । उनले भनिन्–‘मेरो काम नै कम भएको छ । अब, यो बर्ष भिडियो नै कम भएको हो या मलाई अफर नै कम आएको हो थाहा छैन ।’

लकडाउनपछि चलचित्रको छायांकन नहुँदा चलचित्रका चिनिएका अनुहारले लोकदोहोरी भिडियोमा काम गरेका छन् । करिष्मा यसलाई सुखद मान्छिन् । चलचित्रका कलाकारले काम गरेकै कारण तपाइलाई अफर कम आएको हो कि भन्ने प्रश्नमा उनले भनिन्–‘पहिलो लोकगीत भनेपछि नाक खुम्च्याउने चलचित्रका कलाकारले पनि अहिले धमाधम काम गरिरहनुभएको छ । मलाई यसबाट असर पर्यो भन्दा पनि लोकदोहोरी कलाकार हुँ भन्दा गर्व लाग्छ ।’

उनले चलचित्र क्षेत्र ठप्प हुँदा पैसाकै लागि भएपनि चलचित्रका कलाकारले म्यूजिक भिडियोमा काम गरेको बताइन् । उनीहरुको यो वाध्यता भएको करिष्माको तर्क छ ।

करिष्माले लोकदोहोरी गीतहरु पनि राम्रो बन्न थालेपछि चलचित्रका कलाकारको आकर्षण बढेको बताइन् ।

लकडाउन खुलेसँगै आफूले सुरुवातमा केही पारिश्रमिक कम गरेर काम गरेको बताएकी करिष्माले अहिले पनि पुरानै पारिश्रमिकमा काम गरेकी छिन् । कोरोनाका कारण लोकदोहारी क्षेत्रमा ठूलो असर परेको उनको तर्क छ । उनले, परिस्थिती अनुसार चल्नुपर्छ भन्ने पाठ समयले सिकाएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment